काठमाडौँ ।
सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन तयार भएको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले प्रतिवेदन तयार गरेको हो ।
समिति सदस्य ईश्वरी न्यौपानेका अनुसार राति ३ बजेसम्म बसेर छलफल गरी प्रतिवेदन अन्तिम टुङ्गो लगाइएको छ । ‘१० बजे हस्ताक्षर हुन्छ । आजै प्रतिवेदन हामी बुझाउँछौँ,’ न्यौपानेले भनिन् । प्रतिवेदनलाई आज बस्ने प्रतिनिधि सभा बैठकमा पेस गरिनेछ ।
समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र ९टीओआर०मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले रास्वापा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।














