पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा छ । आज युरोको भाउ भने घटेको छ । आज युरो एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा छ । हिजो युरो एकको खरिददर १४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४९ रुपैयाँ २३ पैसा थियो ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा रहेको छ ।















