सरकारले असोज ७ देखि चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी गरिरहेको जानकारी दिए ।

सहुलियत पसल सञ्चालन गर्ने विषयमा मातहतका निकायसँग छलफल भइरहेको छ ।सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन प्रत्येक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुन्छ ।

चाडपर्वलक्षित पसलहरू सञ्चालनका लागि खाद्य तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध संस्थान ९डीडीसी० सँग छलफल भइरहेको वाणिज्य सचिव बुर्लाकोटीको बताए । उनका अनुसार यस वर्ष सहुलियत पसलको संख्या गत वर्षको तुलनामा बढी हुनेछन् ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले गत वर्षकै हाराहारीमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी भइरहेको बताइन् ।

खाद्य व्यापार कम्पनीले चामल, दाल, गहुँ, आटा, पीठो, चिनी लगायतका खाद्यान्न बिक्री गर्ने भएको छ । यी खाद्यान्नमा के कति सहुलियत दिने विषयमा छलफलको क्रममा रहेको सूचना अधिकारी सुवेदीले बताइन् ।

सुवेदीका अनुसार ४२ जिल्लाका ४८ भन्दा बढी स्थानमा सुपथ पसल सञ्चालन गरिने भएको छ । यो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत मूल्य पसल सञ्चालनका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

अघिल्लो वर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि २ करोड ७२ लाख २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

खाद्य व्यापार कम्पनीले चामल, दाल, गहुँ, आटा, पीठो, चिनी लगायतका खाद्यान्न बिक्री गर्ने भएको छ । यी खाद्यान्नमा के कति सहुलियत दिने विषयमा छलफलको क्रममा रहेको सूचना अधिकारी सुवेदीले बताइन् ।

४२ जिल्लाका ४८ स्थानमा पसल

गत वर्ष पनि ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । यस्तै काठमाडौं उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री भएको थियो । राजधानी बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, ओखलढुङ्गा, सिराहा, धनुषा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ ।

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल सञ्चालन हुनेछ ।

  • २५ भाद्र २०८१, मंगलवार ०८:३० प्रकाशित