गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आएको रविको स्वीकारोक्ति

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । गलत ढंगले सहकारीको रकम आएको भएतापनि त्यसमा आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ ।

सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै लामिछानेले गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको तर त्यसमा अफ्नो संलग्नता नरहेको दाबी गरे ।आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने उनको भनाइ छ ।

कसले बद्मासी ग¥यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको बताउदै लामिछानेले त्यसमा आफ्नो संलग्नता छ कि छैन भन्ने विषय र आफुले लाभ लिएको भन्ने कुरा मुख्य भएको बताए । संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्नेमा आफु विश्वस्त रहेको लामिछानेले बताए ।

  • २४ भाद्र २०८१, सोमबार १३:१३ प्रकाशित