पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७८ पैसा र बिक्री दर ३६ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।















