पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढेको छ । आज युरो युरो एकको खरिददर १४८ रुपैयाँ २६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा थियो ।
आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७६ पैसा छ । यस्तै डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १७ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा रहेको छ ।















