साउनमा १ सय ६० मेट्रिक टन नेपाली गोलभेँडा भारत निर्यात

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चालु आर्थिक वर्ष २०८१-०८२ को पहिलो महिना नेपालबाट एक सय ६० मेट्रिक टन टमाटर भारत निर्यात भएको हो । भन्सार विभागका अनुसार साउनमा ३४ लाख १ हजार रुपैयाँ बराबरको टमाटर निर्यात गरिएको हो ।

साउन महिनामा २५ सय ९५ मेट्रिक टन तरकारी पनि निर्यात भएको विभागले जानकारी दिएको छ । सो बापत नेपालले ५ करोड ७७ लाख ७० रुपैयाँ बारबार आम्दानी गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

  • १७ भाद्र २०८१, सोमबार १६:५६ प्रकाशित