पोखरा महानगर वडा नम्बर ४ मा निर्माण हुने बहुउद्देश्यीय भवनको शिलान्यास

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ४ मा निर्माण भइरहेको बुहउद्देश्यीय भवनको शिलान्यास भएको छ । वडानम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भवनको शुक्रबार शिलान्यास गरेका हुन् ।

आदर्श पुस्तकालय, सहरी स्वास्थ्य केन्द्र र आवश्यक विभिन्न प्रयोजनका लागि वडा नम्बर ४ ले आफ्नो पुरानो वडा कार्यालय रहेको जीर्ण भवनलाई भत्काएर बहुउद्देश्यीय भवन निर्माण कार्य अगाडि बढाइएको वडाअध्यक्ष पराजुलीले जानकारी दिए । करिव ५ आना जग्गामा निर्माण भइरहेको उक्त भवन गत असारदेखि निर्माण सुरु गरिएको हो ।

मंसिरमा निर्माण कार्य सक्ने लक्ष्य रहेको उनले बताए । एक करोड रुपैयाँ लागत अनुमान गरिएको सो भवन निर्माणका लागि ग्रीनव्रिक कम्पनी प्रालिले निर्माणको जिम्मा लिएको छ ।

उक्त कम्पनीले ६७ लाख रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरेर निर्माणको काम अगाडि बढाएको हो । ‘हामीले एक करोडको लागत अनुमान गरेका थियौं । निर्माण कम्पनीले त्यसमा घटेर ६७ लाखमा सम्पन्न गर्ने जिम्मा लिएको हो । काम अगाडि बढाएको छ । तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाएको छ,’ वडाध्यक्ष पराजुलीले भने ।

  • १४ भाद्र २०८१, शुक्रबार २०:१८ प्रकाशित