काठमाडौं ।
माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङ भित्रबाट दुईजनाको सकुशल उद्धार भएको छ । सुरुङभित्रबाट कविर महर्जन र सञ्जय साहको सकुशल उद्धार भएको हो ।
रास्वपाका सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपाने दुई जनाको सकुशल उद्धार गरिएको जानकारी दिएका हुन् ।
उद्धार गरिएको व्यक्ति ३० वर्षिय सञ्जय साह रहेका छन् । उनी कोइलाडी-८, सप्तरीका हुन् । साह त्रिशूली ३ ‘ए ‘एच.ई.पीमा फोरम्यान (मेकानिकल)कारूपमा कार्यरत थिए ।
त्यस्तै, सोही हाइड्रोपावरमा अटोमेसन प्रोजेक्टमा कार्यरत ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई पनि जिवतै उद्दार गरिएको छ । उनी बालकुमारी-३, काठमाडौंका हुन् ।
दुवै जना लाई उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी हुँदैछ ।













