डुम्रे-बेसीसहर सडक पहिरोले अबरुद्ध

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
डुम्रे बेसीसहर सडक पहिरोका कारण अबरुद्ध भएको भएको छ ।

अविरल वर्षाका कारण आएको पहिरोले डुम्रे बेसीसहर अन्तरर्गत भन्सार खण्डमा सडक अबरुद्ध भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

जेसीवीसहित जनशक्ति परिचालन गरिएकाले पहिरो ढिलोमा तीन घण्टामा खुल्ने सीडीओ गौतमले बताए ।

पहिरोका कारण लमजुङबाट पृथ्वी राजमार्ग हुँदै देशका अन्य ठाउँमा पुग्ने र अन्यत्रबाट उक्त सडक हुँदै लमजुङ जाने सवारीसाधन रोकिएका छन् ।

  • ६ भाद्र २०८१, बिहीबार १५:२२ प्रकाशित