तनहुँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अबरुद्ध, खुल्न अझै ३ घण्टा लाग्ने

केन्द्रभाग मिडिया

पोखरा ।

अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । तनहुँको घाँसीकुवामा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको हो ।

व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सहायक निरीक्षक मनिस थापाले जानकारी दिए ।

उनका अनुसार साँझ ५ बजे पहिरो खसेर राजमार्ग अबरुद्ध भएको हो । १५० मिटर माथिबाट आएको पहिरो हटाउन झै तीन घण्टा लाग्ने उनले बताए । साना सवारी साधन डाइभर्सन गरेर चलाइएको भएपनि ठूला सवारी साधन भने पहिरो हटाएपछि मात्र गुड्न सम्भव हुने उनले जानकारी दिए ।

  • ५ भाद्र २०८१, बुधबार १९:१६ प्रकाशित