काठमाडौं ।
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको बताइएको छ ।
भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश्वर रिमालले जानकारी दिए ।
दुर्घटनामा गाडीमा सवार देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।
माइक्रोमा सामान्य क्षति भएको बताइएको छ।