पहिरोका कारण कालीगण्डकी करिडोर अबरुद्ध

केन्द्रभाग मिडिया

पोखरा ।
अविरल वर्षासंगै आएको पहिरोका कारण कालिगण्डकी करिडोर अबरुद्ध भएको छ । बागलगुङको बाँझोखेत पहिरो जाँदा सडक अबरुद्ध भएको हो ।

विहान ६ ३० बजेदेखि अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको उत्तर दक्षिण (कालिगण्डकी) लोकमार्ग आयोजना पाल्पाका सवइन्जिनियर बलबहादुर ऐरीले जानकारी दिए ।

उनका अनुसार अबरुद्ध सडक खुलाउन एक्साभेटरको प्रयोग गरिएको छ । मध्याहन्न १२ बजेसम्म सडक खुलाइसकिने उनले जानकारी दिए ।

  • ५ भाद्र २०८१, बुधबार ०८:५० प्रकाशित