सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा परेर निधन भएको छ ।

सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटनामा परेको थियो ।

उनको नेपालगञ्जमा उपचारको क्रममा मंगलबार बिहान करिब २ बजे निधन भएको प्रहरीले जनाएको छ ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए ।

  • ४ भाद्र २०८१, मंगलवार ०९:१४ प्रकाशित