बुटवलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा छोराको ज्यान गयो, आमा घाइते

केन्द्रभाग मिडिया

बुटवल ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन्।

सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा ठोक्किँदा बुटवल उपमहानगरपालिका वार्ड नम्बर १३ का २३ वर्षीय अंकृत पाठकको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो। उनकी आमा ४३ वर्षीय गौमुखी पाठक गम्भीर घाइते भएकी छन्।

घटनामा मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ

  • २८ श्रावण २०८१, सोमबार १६:०१ प्रकाशित