एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्सको शाखा अब पोखरामा

केन्द्रभाग मिडिया

पोखरा ।

एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रा. लि.ले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ । विस्तारित शाखाको आइतबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयात मन्त्री राजीव गुरुङ र कम्पनी प्रवन्ध निर्देशक तुषार गुप्ताले रिवन काटेर संयूक्तरुपमा उद्घाटन गरेका हुन् ।

पोखराको बुद्धचोकस्थित शोरुमको उद्घाटन गर्दै मन्त्री गुरुङले अबको भविष्य भनेकै इलेक्ट्रिक सवारी साधनको भएको बताए । उनले भने, ‘देशमा जलविद्युतको द्रुत विकासको कारण विद्युतिय सवारी साधनको भविष्य छ । यसको प्रयोगले सवारी साधन मालिकलाई मात्रै होइन्, यसमा चढ्ने यात्रू, वातावरण सबै क्षेत्रमा राम्रो हुन्छ ।’ उनले व्यवसायलाई मात्रै नहेरी आम ग्राहकको मन जित्नेगरि सेवा प्रवाह गर्नपनि कम्पनीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रवन्ध निर्देशक तुषार गुप्ताले कम्पनीको तर्फबाट ग्राहकलाई सेवा दिन देशका कुना–कुनामा सेवा विस्तार भइरहेको बताए । उनले कम्पनीको तर्फबाट ग्राहकवर्गमा कुनै गुनासो आउन नदिनेतर्फ सचेत रहेको बताउँदै ढुक्क भएर सवारी खरिद गर्न अनुरोध गरे । कम्पनीले यसै वर्षभित्र नारायणगढ र इटहरीमा पनि शाखा विस्तार गर्ने योजना रहेको सुनाए ।

कम्पनीका बारेमा जानकारी दिँदै सेल्स प्रमुख नविन आचार्यले भविष्यको आवश्यकतालाई मध्यनजर गर्दै आफुहरुले विद्युतिय सवारी साधनहरु नेपाल भित्र्याएको बताए । चीनको उत्कृष्ट व्यवसायिक सवारी निर्माता कम्पनी फेटोन र सोकोन ब्राण्डका यात्रुवाहक, स्कुल र भारी बोक्ने विभिन्न मोडलका इभी सवारीहरु पोखरा शोरुममा उपलब्ध रहेको उनको भनाई छ । कम्पनीले सवारी विक्रीमात्र नभई बिक्री भइसकेपछि पनि दिइरहेको सेवाबाट आफ्ना ग्राहकवर्ग सन्तुष्ट रहेकोपनि उनले दाबी गरे ।

यस्तै, कम्पनीका सर्भिस प्रमुख जयन्त बस्नेतले झण्डै ६ दशक समयदेखि ग्राहक वर्गको मन जित्न सफल कम्पनीले फोटोन र सोकोन ब्राण्डको सवारीको आधिकारिक विक्रेतासँगै सीएएलटी ब्याट्री र यसको स्प्येर्स पार्टस्को आधिकारीक सेवा एजेन्टका रुपमा सेवा प्रदान गरिरहेको जानकारी दिए ।

कार्यक्रममा अब पोखरा शाखा प्रमुख किरण ओझाले अब कम्पनीका गाडी किन्नकै लागि काठमाण्डौं धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले बुद्धचोकस्थित सुविधासम्पन्न अत्याधुनिक शोरुमबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिने बताए । हाल शोरुममा फेटोन र सेकोन ब्राण्डका हाईरुफ ईभी भ्यान, टुनल्याण्ड, ईसीथ्रिसिक्स भ्यान लगायतका ब्राण्डहरु उपलब्ध रहेको जानकारी दिए ।

उनका अनुसार शोरुममा ११ देखि १६ सिटसम्मका ईभीहरु उपलब्ध छन् ।कार्यक्रममा स्याङ्जा पोखरा गण्डकी यातायात प्रा.लि.का अध्यक्ष एवं लोकतान्त्रिक यातायात व्यवासयीक संघका केन्द्रिय सचिव भानुभक्त बरालले यातायात व्यसायीलाई कम्पनीको आधिकारीक शोरुम पोखरामामै सञ्चालन आउनु खुशीको कुरा भएको धारण व्यक्त गरे । एमएडब्ल्यू कम्पनीको गाडी खरिदमा तुलानात्मक धेरै फाइदा आफुले पाएको आफ््नो अनुभव व्यक्त गरे ।

  • २७ श्रावण २०८१, आईतवार १८:०९ प्रकाशित