धारिलो हतियार देखाइ सुनका गरगहना चोरी गर्ने चार पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीले धारिलो हतियार देखाइ सुनका गरगहना चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । गत साउन ३ गते राती ८ ः ३० बजेको समयमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिाक १ रुम्जा बस्ने शशीधर काफ्लेको घरमा धारिलो हतियार देखाई सुनका गरगहना चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कास्की माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोक बस्ने ४२ वर्षिय सूर्य बहादुर घर्ती क्षेत्री, माछापुच्छ्रे गाउँपालिका २ भराभरी बस्ने ५१ वर्षिय खड्क बहादुर पुन मगर, पोखरा महानगरपालिका वडा नं २१ बस्ने ५८ वर्षिय लोक बहादुर राना मगर र पोखरा ३ नदीपुर बस्ने ३५ वर्षिय राजु सुनारलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्धामा अनुसन्धान अगाडी बढाएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

चोरीको अभियोग लागेका चारजनाले रातको समयमा धारिलो हतियार देखाइ विभिन्न किसिमका सुनका गरगहना (सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान, रिङ ३ जोर), मोवाईल १ थान र नगद १ लाख ७३ हजार गरी १४ लाख ८ हजार बरावरको धनमाल चोरी गरेका थिए । उनीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको थियो ।

  • १६ श्रावण २०८१, बुधबार २१:३६ प्रकाशित