अपडेट : स्कूल बस दुर्घटना

२७ जना सवार थिए स्कूल बसमा, अधिकांश घाइते, दुइ जनाको अवस्था गम्भिर

केन्द्रभाग मिडिया

तस्बिर : प्रवेश पोखरेल

पोखरा ।

पोखरा २१ फुस्रेखोलामा एलपी देवकोटा मेमोरिएल स्कुल बिरौटाको स्कुलबस दुर्घटना भएको छ । स्कुल बस विद्यार्थी लिएर स्कुल आउदै गर्दा दुर्घटनामा परेको हो ।

स्कुलबस सडकको घुम्तीबाट ५० मिटर तल खसेको हो । विद्यार्थी, चालक र परिचालकसहित २७ जना सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  स्थानीय कृष्ण देवकोटाका अनुसार २७ जनालाई उद्दार गरेर पोखरा पठाइएको हो ।

पोखरा २१ रामदीबाट विद्यार्थी लिएर पोखरा तर्फ आउँदै गर्दा ग १ क ६२१९ नम्बरको स्कूल बस ओरालोमा बिहान ८ः ५० बजे दुर्घटना भएको हो । घाइतेहरुको गण्डकी मेडिकल कलेज, र नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुको अहिले उद्धार कार्य जारी रहेको कास्की ट्राफिक प्रमुख भानु शर्माले जानकारी दिए । उनका अनुसार परिचालक र एक जना विद्यार्थीको अवस्था गम्भिर छ । थप अवस्थाको बारेमा एकिन गर्नेक्रम रहेको उनले बताए ।

  • १४ श्रावण २०८१, सोमबार १०:२५ प्रकाशित