कांग्रेसमा निधिको घोषणा : ‘रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाऔं म दाबी छोड्छु’,

केन्द्रभाग मिडिया

पोखरा ।
उम्मेद्वार छान्न सकसमा परेका संस्थापन इतर समूहलाई देउवा निकट मानिएका कांग्रेस उपसभापति विमलेन्द्र निधिको बम्पर प्रस्ताव गरेका छन् ।

उनले आज सुरु हुँदै गरेको १४औं महाधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टीकोे सभापति बनाउन प्रस्ताव गरेका हुन् । अन्यथा आफ्नो उम्मेदवारी यथावत् रहने पनि उलने प्रष्ट्याएका छन् ।

पौडेल समूहमै सभापतिका आकांक्षी बीच सहमति जुट्न नसकिरहेका बेला चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार जावालखेलमा आयोजना गरेको कार्यक्रममा निधिले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाएर एकताको सन्देश दिन कांग्रेसका नेतारकार्यकर्तासँग आह्वान गरे ।

पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाउँदा न्याय पनि हुने र देशभरका कांग्रेसजनमा एकताको सन्देश पनि जाने उनको दाबी छ।

‘पौडेल सर्वसम्मत सभापति नबनाइए मेरो उम्मेदवारी यथावत् नै छ’, निधिले भने। हिजो बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेल सहभागी नहुनु दुःखद कुरा भएको पनि निधिले बताए ।

संस्थापन पक्षका नेता निधिले सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै आफू पनि यो महाधिवेशनमा सभापतिको उम्मेदवारी बन्ने कुरा यस अघिदेखि नै बताइरहेका छन्।

  • २४ मंसिर २०७८, शुक्रबार १२:१३ प्रकाशित