काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जालमा बधाई दिएका हुन् ।ओलीको निजी तथा प्रधानमन्त्री कार्यालयको दुवै ह्यान्डल मेन्सन गरेर मोदीले बधाई दिएका हुन् ।
मोदीले बधाईमा दुई देश तथा जनताको हित हुने सहकार्यमा आगामी दिनमा थप काम गर्ने आशा भएको बताएका छन्














