कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशन दिउँसो १ बजे उद्घाटन गरिने कांग्रेसले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुन बिहीबार बेलुकासम्म देशभरबाट झन्डै ४४ सय प्रतिनिधि काठमाडौं पुगिसकेका कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

साथै उद्घाटन समारोहमा सहभागिताका लागि देशभरिबाट कांग्रेसका नेताकार्यकर्ता पनि काठमाडौं पुगिसकेका छन् । कांग्रेसको नेतृत्वमा पुग्न यतिबेला उम्मेदवारहरूले महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न पनि सुरु गरिसकेका छन् ।

आज उद्घाटन गरिने कांग्रेसको महाधिवेशन भोलि शनिबारदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नेछ । महाधिवेशन सुरुवातका लागि सबै तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार नेतृत्व चयनका लागि विद्यतीय मदानको व्यवस्था नभई कागजमै मतदान गर्ने व्यवस्था गरिनेछ ।

  • २४ मंसिर २०७८, शुक्रबार ०६:२१ प्रकाशित