कैलालीमा बाढीले बगाउँदा एकजनाको ज्यान गयो

केन्द्रभाग मिडिया

file photo

कैलाली ।

कैलालीमा बाढीले बगाउँदा गौरीगंगा नगरपालिकामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय कटैनी खोलामा आएको बाढीले बगाउँदा चौधरीको ज्यान गएको हो । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको ज्यान गएको प्रहरीको भनाइ छ ।

त्यस्तै कैलालीकै कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिकाका ३ हजार बढी घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।

  • २० असार २०८१, बिहीबार १०:४७ प्रकाशित