काठमाडौं आइपुगे देउवा

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्।

उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए। उनी बिहीबार थाइल्यान्डबाट नेपाल आएका हुन्।

  • २८ श्रावण २०८३, बिहीबार १२:५९ प्रकाशित