बरिष्ठ नेता पौडेल आजको केन्द्रीय समिति बैठकका नजाने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल केन्द्रीय समिति बैठकमा नजाने भएका छन् ।

उनी महाधिवेशनको मुखैमा विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउन तयार नभएको स्रोतले जानकारी दियो ।

 

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले दिएको जानकारीअनुसार आज केन्द्रीय समितिको बैठकमा नआउनेबारेमा सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकिएको छ ।

“आज उहाँ घरमै हुनुहुन्छ,” उनले भने, “केन्द्रीय समितिको बैठकमा जानुहुन्न । सभापतिले फोन गर्नुभएको थियो, त्योबारेमा जानकारी पनि गराइसक्नुभएको छ ।”

  • २३ मंसिर २०७८, बिहीबार १३:०५ प्रकाशित