पोखरा ।
पोखरामा गैह्रकानुनी रुपमा बस्दै आएका पर्यटकलाई पर्यटक प्रहरी कार्यालय पोखराले स्वदेश पठाइदिएको छ ।
पर्यटक प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरि हिजो असार ५ गते पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा गैह्र कानुनी रुपमा बस्दै आएका क्यानडाका नागरिक र पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोट बस्दै आएका जर्मनीका नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
साथै पर्यटक प्रहरी कार्यालय कास्कीले गत अप्रिल महिना देखि हालसम्म गैह्रकानुनी रुपमा नेपालमा बस्दै आएका युके, क्यानडा, जर्मनी, इजरायल, चिली, कोष्टारिका र रिपब्लिक अफ कंगोका १२ जना विदेशी नागरिकलाई सम्बन्धित देशमा फिर्ता पठाउनको लागि अध्यागमन शाखा कार्यालय कास्कीमार्फत अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाएको प्रहरीले बताएको छ ।