पोखरा ।
पोखरामा खाल्डोमा जमेको पानीमा डुब्दा एक बालकको ज्यान गएको छ ।
हिजो (असार १) गते साँझ साढे ६ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ३३ बरपौवा बस्ने लक्ष्मण वि.क को ९ वर्षीय छोरा गणेश वि.क को खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
गणेश हराएको भन्ने सुचना प्रहरी चौकी भरतपोखरीमा पुगे पछि प्रहरीले टोलिले तत्काल खोजी गर्दा सोही स्थानको कदम बोटे सुरौती खोला पुरलिङ जोड्ने पुल बनाउन जग खनेको खाल्डोमा पानी जमेको र उक्त खाल्डोमा बालकको चप्पल मात्र भेटिएको थियो ।

सोही खाल्डोमा आज पुन खोजी गर्दा बिहान ७ बजे २४ नम्बर कालिका गण मालेपाटनबाट खटिएको उद्धार टोलीले खोजी गर्दा बिहान ८ : ३० बजे मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
उक्त शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ ।













