यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन आज

केन्द्रभाग मिडिया

पोखरा ।

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गतेसम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ ।

प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल गरि ६ खेलमा सात प्रदेशका ७६-७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा सुरु भएको हो । व्याडमिन्टनमा छात्र-छात्रा सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिए । प्रत्येक प्रदेशबाट छात्र चार र छात्रा चार आठ जनाका दरले ५६ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

व्याडमिन्टनको पहिलो दिनको खेल सकिदा पहिलो चरणका ५८ बटा खेलहरु सम्पन्न भएका छन् । बुधबार क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु हुने श्रेष्ठले जानकारी दिए ।यसै गरि दोस्रो दिन बुधबार ३७ र तेस्रो दिन नौ गरि कुल एक सय पाँच बटा खेलहरु हुनेछन् ।

प्रतियोगिता अन्तर्गत बुधबार छात्र-छात्रा सिंगल्स सगै मिक्स डबल्सतर्फका सेमिफाईनलका खेलहरु सगै अन्य विधाका क्वाटरफाईनलका खेलहरु हुनेछन् ।

  • ३० जेष्ठ २०८१, बुधबार १०:४३ प्रकाशित