विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य तालिम सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा । नेपाल रेडक्रस सोसाईटी उपशाखा–१ बगरको आयेजनामा विपद् स्वयंसेवकहरुका लागि विपद व्यवस्थापन, पूर्व तयारी तथा प्रतिकार्य तालिम सम्पन्न भएको छ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१,बगर सहकार्य तथा पोखरा महानगरपालिका वडा नं. १, को सहयोगमा भएको दुइ दिने विपद व्यवस्थापन तालिममा ४४ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधानले वर्षासँगै प्राकृति प्रकोपको डर हुने भएकोले पूर्व सतर्कता अपाउने यो तालिम फलदायी हुने बताए ।

तालिममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीका प्रमुख प्रशिक्षक नवराज भण्डारी र सुनिता पौडेलले विपद परिभाषा, विपद सम्बन्धि शब्दावली, विपद चक्र र पूर्व तयरी, विपद सम्बन्धी राज्यको नितिगत व्यवस्था, नेपालमा आईपर्ने भुकम्प, आगलागी, सडक दुर्घटना, बाढी पहिरो र महामारी लगाएतका विषयहरूमा प्रशिक्षण दिएका थिए ।

नेपाल रेडक्रस सोसाईटी पोखरा–१ उपशाखा कास्कीका सभापती जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भिमकाली मार्ग साझेदारी टोल विकास संस्थाकी उमा शाही, शान्ति टोल विकास संस्थाका निवर्तमान अध्यक्ष विजय शाही सल्लाहकार रामभुषण पराजुली , राष्ट्रिय मावी का प्रचार्य इश्वरी सापकोटा सामुदायि सेवा केन्द्र वगरका अध्यक्ष राम प्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बिक्रम राणा, वडा प्रहरी कार्यालय बगर प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीका उपसभापति उर्मिला खड्का, उप सचिव कल्पना आचार्यले बोलेका थिए ।

  • ३० जेष्ठ २०८१, बुधबार ०९:४५ प्रकाशित