गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिदैं

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैँ छ ।

संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । यद्यपि उनले बहुमत जुटाउन नसक्ने विपक्षीको दाबी छ ।

६० सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

पाण्डेसँग हाल कांग्रेसका २७ सांसद मात्र छन् । राप्रपा मत दिन सकारात्मक देखिएको छ ।

त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि काठमाडौँबाट पोखरा आइसकेका छन् । उनले बहुमत पुग्ने सुनिश्चितता भए विश्वासको मत दिने बताए ।

पाण्डेले विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०, प्रतिपक्षी माओवादी, राप्रपा, नेसपा र स्वतन्त्र सांसद राजीव गुरुङसँग आग्रह गरेका छन् । उनले आइतबार पत्र लेखेर मत दिन आग्रह गरेका हुन् ।

  • २८ जेष्ठ २०८१, सोमबार ०९:४८ प्रकाशित