काठमाडौं ।
धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव भेटिएको छ । घाटबेशीका १५ वर्षीय युनिक सुवेदीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार भेटिएको हो ।
शनिबार दिउँसो ४ बजेतिर पौडी खेल्ने क्रममा १५ वर्षीय युनिक र १३ वर्षीय रिदम रोइला त्रिशूली नदीमा बेपत्ता भएका थिए ।बेपत्ता भएकामध्ये रिदमको खोजी जारी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।













