कर्णाली नदी झोलुंगे पुलमा फसेका खच्चडको उद्धार सुरु

केन्द्रभाग मिडिया

दैलेख ।
आइतबार बिहान कर्णाली नदीको झोलुंगे पुलमा फसेका खच्चडहरुको उद्धार कार्य सुरु गरिएको छ । हाल उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासीको सहयोगमा पुलमा फसेका खच्चडहरुको उद्धार जारी रहेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार पुलको जाली काटेर खच्चडहरुको उद्धार भइरहेको छ । अछामबाट चालम लिन दैलेकको आडबीस नगरपालिका राकम बजार आउदै गरेको खच्चडहरु पुलको लट्ठा चुडिंदा पुलमै फसेका थिए ।हाल सम्म चार वटा खच्चडलाइ नदीमा खसालेर डुंगाको सहायताले उद्धार गरिएको छ । उद्धार गरिएका खच्चडहरुलाई उपचारका लागी मेडिकल टीम समेत बोलाइएको छ ।

बाँकी खच्चडहरु जाली काटेर खसालेपनि बगरमा पर्ने भएकाले त्यसको बिकल्प समेत खोजिएको छ । नदीमा खस्नेलाई नदीमै खसाल्ने र अन्यलाई बिकल्प निकाली उद्धार गरिने भएको हो ।

 

  • २७ जेष्ठ २०८१, आईतवार १३:३५ प्रकाशित