आज एकै दिन ह्वात्तै घट्यो सुनचाँदीको भाउ : कतिमा हुदैँछ किनबेच ?

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सुनको मूल्य आज स्वात्तै घटेको छ । आज एकै दिन सुनको भाउ ४ हजार रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४ हजार रुपैयाँले घटेर सुनको कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम रहेको जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ थियो ।

महासङ्घले आज चाँदीको मूल्य समेत घटेको छ । महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा ७५ रुपैयाँ घटेको हो । यससँगै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ ।

  • २७ जेष्ठ २०८१, आईतवार ११:०८ प्रकाशित