पोखरा।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा वि।कको उपचारमा सहयोग पु¥याउन संकलन गरिएको छ ।
स्थानीय प्रेम बहादुर वि.ककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले रकम संकलन गरिएको हो । उहाँको उपचारका लागि सात लाख खर्च लाग्ने बताइएको छ ।
दाङसिङ्ग गुरुङ सम्पर्क मञ्च र दाङसिङ्ग तमु समाज यु।केको नेतृत्वमा रकम संकलन गरिएको हो । संकलित रकम तीन लाख २० हजार आठ सय ८२ रुपैयाँ शुक्रबार बिरामी इशा र बुबा प्रेमलाई हस्तान्तरण गरिएको छ ।
मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले रकम हस्तान्तरण गर्नुभएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङ्, अन्नपूर्ण ८ का वडा अध्यक्ष विजय गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि विष्णु बहादुर क्षत्री, सहसचिव नवीन सिग्देल, नेपाली काँग्रेस क्षेत्र नं ३ का सदस्य तिलक बहादुर कुँवरको रोहवरमा संकलित रकम हस्तान्तरण गरिएको हो ।
दाङ्सिङग तमु समाज यु।केका अध्यक्ष राज बहादुर गुरुङको नेतृत्वमा एक लाख ७० हजार पाँच सय ३७, दाङ्सिङ्ग गुरुङ सम्पर्क मञ्चको नेतृत्वमा एक लाख ६ हजार आठ सय १५, अन्नपूर्ण गाउँपालिका वडा नं ८ बाट ३७ हजार र नेपाली काँग्रेस कास्कीका सदस्यहरुबाट ६ हजार पाँच सय संकलन भएको रकम संकलन समितिका संयोजक पुरण गुरुङले जानकारी दिए।
मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले ढुक्कसँग उपचारमा ध्यान दिन आग्रह गर्दै आवश्यक परे अझै सहयोग संकलन गर्ने प्रतिवद्वता व्यक्त गरे ।नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङले मानवीय सेवा सबैभन्दा ठूलो धर्म भएको उल्लेख गरे।













