गाँजा खुला गर्न एक महिनाभित्रै नियमावली आउँछ : गृहमन्त्री लामिछाने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजासम्बन्धी नियमावली ल्याउने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले सो कुरा बताएका हुन् ।

लामिछानेले औषधि र गाँजाबाट विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउने बताए । उनले मन्त्रालयले यसबारे काम गरिरहेको बताउँदै एक महिनाभित्रै नियमावली आउने प्रतिबद्धता व्यक्त गरे ।

  • २५ जेष्ठ २०८१, शुक्रबार १५:५१ प्रकाशित