सिन्धुली ।
सिन्धुलीमा जंगली च्याउ खाएर पाँच जना बिरामी परेका छन्।
तिनपाटन गाउँपालिका-४ बिस्टार बस्ने स्थानीयले जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी निरिक्षक केशवकुमार कट्टवालले जानकारी दिए।
उनका अनुसार ६७ वर्षीय केशरबहादुर भुजेल उनकी श्रीमती ५३ वर्षीया पूर्णमाया, ३८ वर्षीय छोरा घनश्याम भुजेल, २१ वर्षीय नाति किरण, नातिनी बुहारी २० वर्षीया नानीमाया समाल बिरामी परेकी हुन्।
बिहीबार दिउँसो साढे १० बजे च्याउ खाएर बिरामी भएको खबर पाउनसाथ प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक कट्टवालले जानकारी दिए।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।













