आज डलरको भाउ घट्यो, युरो र पाउण्डको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर, युरो र पाउण्डको भाउ घटेको छ ।

आज डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा थियो।

आज युरो एकको खरिददर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा रहेको थियो ।

यस्तै पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ५६ पैसा थियो ।१० जापानी येनको खरिददर ८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८ रुपैयाँ ५१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २० पैसा र बिक्रीदर २८ रुपैयाँ ३३ पैसा रहेको छ ।

  • २२ जेष्ठ २०८१, मंगलवार १०:१८ प्रकाशित