आज कति छ डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा रहेको छ ।यस्तै पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ५६ पैसा छ ।१० जापानी येनको खरिददर ८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८ रुपैयाँ ५१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३१ पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।

  • २१ जेष्ठ २०८१, सोमबार ०९:५३ प्रकाशित