अरुणांचल र सिक्किम चुनावको मतगणना जारी

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको नतिजा आज आउँदैछ । अरुणाचल प्रदेशका ६० सिटमध्ये १० सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । बाँकी ५० सिटको नतिजा आज आउँदैछ ।

यहाँ भाजपाले २०१९ मा ४१ सिट जितेको थियो । यसपटक कांग्रेसले ३४ सिटमा उम्मेदवार बनाएको छ । मतगणना सुरु भएको पहिलो घण्टामा भाजपा र उसका सहयोगी दल १७ सिटमा अगाडि छन् । कोनराड संगमाको नेसनल पिपुल्स पार्टी तीन सिटमा अगाडि छ ।

उता सिक्किममा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा १७ सिटमा अगाडि छ । पार्टीले बहुमतको आँकडा पार गरेको छ ।

भाजपा र उनको सहयोगी सिक्किम डेमोक्रेटिक फ्रन्ट एक–एक सिटमा अगाडि छन् । दुवै प्रदेशको प्रारम्भिक प्रवृत्तिमा कांग्रेसले अहिलेसम्म कुनै पनि सिटमा अग्रता पाउन सकेको छैन ।

  • २० जेष्ठ २०८१, आईतवार १०:२९ प्रकाशित