पोखरा ।
विभिन्न ९ देशका राजदूतसहितको टोली पोखरा आइपुगेको छ । अन्नपूर्ण दिवस मनाउन पोखरा आएको टोलीलाई पोखराका पर्यटकीय सङ्घ संस्थाहरूले पञ्चेबाजा सहित स्वागत गरेका छन् ।
उनीहरू आज धम्पुसदेखि धितालसम्म पदयात्रा गर्ने कार्यक्रम छ । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक माउरिस हार्जोगले अन्नपूर्णको सफल आरोहण गरेपछि आरोहण सुरु भएको थियो ।
त्यसकै सम्झनामा हरेक वर्ष जुन ३ मा अन्नपूर्ण डे मनाइँदै आइएको छ ।













