अन्नपूर्णको हिमालय माविमा बाथरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिका, वडा नं.७ मा रहेको हिमालय माविमा बाथरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा नम्बर ७ को आयोजना, नेसनल बाथरोग सेन्टर मुस्ताङ चोक पोखराको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पोखरा वडा नं. २ र ३ उपशाखाको सह-आयोजना, लुम्ले उपशाखा अन्नपूर्ण ६ र ७ को व्यवस्थापन , अन्नपूर्ण गाउँपालिकाको सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

सचेतनामूलक कार्यक्रमसहित सम्पन्न शिविरमा औषधि वितरण समेत गरिएको थियो । शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष केसीले पालिकाले जनताको स्वास्थ्यलाई विशेष प्राथमिकता दिई स्वास्थ्य बिमामा ५० प्रतिशत  लगानी गरिएको , विपन्न वर्गको जनताको निशुल्क स्वास्थ्य बीमा गरिएको र विकट क्षेत्रका जनतालाई सहजता होस भनेर स्वास्थ्य शिविरमा सहयोग गरिएको जानकारी दिए ।

वरिष्ठ बाथरोग विशेषज्ञ डा. सुधिर कर्माचार्यले विरामीको परिक्षणसंगै बाथरोगको लक्षण, रोकथाम र उपचार सम्बन्धि जानकारी दिए ।

अन्नपूर्ण ७ का वडाध्यक्ष एवं पालिका प्रवक्ता भरत मान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रस सोसाइटी पोखरा-२ र ३ उपशाखा सभापति खगेन्द्र पराजुली, अन्नपूर्ण ६ र ७ (लुम्ले) उपशाखा सभापति चुडामणि देवकोटा र सचिव दिनेश जिसी लगायतले स्वास्थ्य शिविरका विविध पक्षका बारेमा बोलेका थिए ।

शिविरमा ११५ जनाले स्वास्थ्य चेकजाँच गरि सेवा लिएका वडा नम्बर ७ का वडाध्यक्ष गुरूङले जानकारी दिए ।

  • १९ जेष्ठ २०८१, शनिबार १५:५४ प्रकाशित