मनाङ ।
मनाङमा चालु आर्थिक वर्षको हालसम्म सामाजिक विकासका ६ आयोजना सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०८०र८१ मा विषयगत क्षेत्रका कूल सात आयोजनामध्ये ६ आयोजना सम्पन्न भएका हुन् ।
जसमा मठ, मन्दिर, गुम्बा, सामुदायिक भवन, खेल मैदानलगायतका आयोजना रहेका छन् । एउटा आयोजना अन्तिमचरणमा रहेको सामाजिक विकास कार्यालयले जनाएको छ ।
सामाजिक विकास कार्यालयका प्रमुख नारायणप्रसाद बास्तोलाले निर्माणाधीन ती आयोजनाका लागि विनियोजित बजेटमध्ये कूल ८६ प्रतिशत रकम खर्च बताए ।
क्षेत्रगतमा शिक्षातर्फ दुई, भाषा, साहित्य, संस्कृति र सम्पदा क्षेत्रमा तीन, बालबालिका तथा किशोरकिशोरीको क्षेत्रमा तीन, लैङ्गिक समानता तथा महिला सशक्तीकरणतर्फ ६ वटा कार्यक्रम र एउटा आयोजना, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सामाजिक सङ्घ संस्थातर्फ एकरएकवटा कार्यक्रम रहेका थिए । चालु आवमा सामाजिक सुरक्षा तथा संरक्षण, श्रम तथा रोजगारी, विज्ञान तथा प्रविधि र मानव बेचबिखन तथा ओसारपसार र हिंसा नियन्त्रणजस्ता क्षेत्रमा कुनै आयोजना तथा कार्यक्रममा बजेट विनियोजन नभएको उनले बताए ।
चालु आवमा यहाँका तीनवटा कृषि फार्मले रु एक लाखका दरले अनुदान रकम प्राप्त गरेका छन् भने विभिन्न क्षेत्रमा योगनान पुर्याएका व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।













