लान्द्रुकमा कोदो र मकैको परिकार तयारी सम्बन्धि तालिम

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–७ , लान्द्रुकमा रैथाने बालीका परिकार तयारी तथा विविधीकरण तालिम सुरु भएको छ । तालिमको विहीबार एक कार्यक्रमका बीच अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले आरम्भ गरेका हुन् ।

उनले तालिम आरम्भ गर्दै पालिकामा रहेका रैथाने बालीको उचित संरक्षण र उपयोगका लागि तालिम फलदायी हुने अपेक्षा गरे । अहिले रैथाने बालीको महत्व सबैले बुझेकाले यसको उत्पादन बढाउने, संरक्षण गर्ने र स्थानीय परिकारको रुपमा पस्कने हो भने राम्रो आयआर्जन समेत गर्न सकिने उनले बताए । यसका लागि गाउँपालिका सधैं स्थानीयको साथमा रहेको उनको भनाई थियो ।

दुई दिनसम्म चल्ने उक्ता तालिममा विशेषगरि कोदो र मकैको विभिन्न परिकार तयारी सम्बन्धि तालिम दिइएको छ । कार्यक्रममा वडा अध्यक्ष भरत मान गुरुङ , कृषि शाखा प्रमुख जुनु जिमि, कृषि अधिकृत सरोज कुवँर , होटल व्यवसायी समिति अध्यक्ष विष्णु चापागाईं लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

  • १८ जेष्ठ २०८१, शुक्रबार ०८:२७ प्रकाशित