पोखराको फिर्केपुलनिर मोटरसाइकल दुर्घटना, बागलुङका गणेशको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नंं ५ फिर्केपुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक बाग्लुङ नगरपालिका वडा नं १२ अमलाचौरका ४१ वर्षीय गणेश आचार्य रहेका छन् ।

मंगलबार राति ११: २० बजे बा ४८ प ९५७९ नम्बरको मोटरसाइकल बागलुङ बसपार्कबाट जिरो किमितर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा राति ११ः३७ मा ज्यानग गएको प्रहरीले जानकारी दिएको हो ।

  • १६ जेष्ठ २०८१, बुधबार १६:१७ प्रकाशित