काठमाडौँमा आगोले जलेर युवकको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राजधानी काठमाडौँमा भएको आगलागीमा परेर एक जना युवकको ज्यान गएको छ ।

टोखा नगरपालिका-१० बानियाँटार हाईटस्थित ३५ वर्षीय खेम नारायण चालिसेको घरमा भाडामा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-२ घर भएका २१ वर्षीय किरण बुढाथोकीको आगलागीमा जलेर ज्यान गएको हो ।

किरणको कोठामा गएराति आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाई छ ।

आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको धनमा क्षति भएको छ । आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • १४ जेष्ठ २०८१, सोमबार १६:०० प्रकाशित