आज कैलाश सिरोहियासँग बयान लिदैँ बयान गराइँदै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासँग जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान लिदैँछ । बयान पुरा भएपछि उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिएका छन् ।

यसअघि अदालतले दिएको ३ दिनको म्याद सकिएको छ । शुक्रवार दोस्रोपटक म्याद लिइने डीएसपी अवाले जानकारी दिए । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले मङ्गलवार काठमाडौँबाट पक्राउ गरेर सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

  • ११ जेष्ठ २०८१, शुक्रबार १५:३९ प्रकाशित