रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना, १२ जना घाइते

केन्द्रभाग मिडिया

सुर्खेत ।

रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना भएको छ । बिहीबार बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलपट भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परी १२ जना शिक्षक र विद्यार्थीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना तथा अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार ग१ज ८२४९ नम्बरको जिपले बाजुराको हिमाली गाउँपालिका–५, कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थी बोकेको थियो ।

दिउँसो १२ बजेतिर भएको उक्त दुर्घटनामा ९ जना विद्यार्थी, २ शिक्षक र एक जना चालक घाइते भएका छन् । विद्यार्थी र शिक्षक सबै सामान्य घाइते भएको र चालक गम्भीर घाइते भएको सूचना अधिकारी कार्कीले बताए ।

  • १० जेष्ठ २०८१, बिहीबार १६:५१ प्रकाशित