काठमाडौँ ।
कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ९नेविसंघ० ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ । शुक्रवार सो सङ्गठनले संसद् भवन अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ९ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी ९एसपी० नवराज अधिकारीले जानकारी दिए ।