ललितपुरको टहरामा आगलागी परी घाइते महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेर गम्भीर घाइते भएकी रुपा गिरीको ज्यान गएको छ ।

किष्ट अस्पताल नजिकैको टहरामा आगलागीमा परेर गम्भीर घाइते भएकी गिरीको गएराति किष्ट अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिएका छन् ।

उनीसँगै आगलागीमा परेका दुई बालिकाको यसअघि २४ वैशाखमा ज्यान गएको थियो । ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीले यसअघि ज्यान गुमाएका हुन् ।

रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । मोबिल स्टोरमा आगलागी हुँदा घाइते भएका रुपाका श्रीमान् सञ्जय गिरी र १५ वर्षीय मित गिरीको किष्ट अस्पतालमा उपचार हुँदै छ ।

  • ३१ बैशाख २०८१, सोमबार १०:२४ प्रकाशित