दाङ ।
दाङमा आगलागीबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ ।
गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए । त्यहीबेला आगोले जलेर ज्यान गएको प्रहरीको भनाइ छ । आगोले वीरबहादुरको घर गोठ तथा उनका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।













