पोखरा ।
नेपाली कांग्रेसमा १४ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा छनौट सबैभन्दा कान्छी प्रतिनिधि बागलुङकी उषा सापकोटा अहिले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको बताउँछिन् । ‘पार्टीमा साँच्चिकै युथहरूको विचारको खडेरी छ ।हजुरबुबा पुस्ताका नेताहरू पार्टी हाँकिरहनुभएको छ ।
पार्टीमा पोजेटिभ इनर्जि थप्न म पनि राजनीतिमा आएकी हुँ,’ गण्डकी प्रदेश अधिवेशनमा सहभागी हुन पोखरा आएकी उषाले भनिन् ।
खसआर्य महिलाको कोटामा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’बाट लडेकी उषा बागलुङको काठेखोला गाउँपालिका–५ की हुन् । अधिवेशनमा दुइ गुट भएको भने उनलाई मन परेको छैन ।
गुटको राजनीति अन्त्य गर्न पहल गर्ने उनी बताउछीन् । आफ्नो लागि भन्दा पनि जनताको लागि काम गर्ने नेता आवश्यक रहेको उनी बताउछीन् ।
‘